Logo
८ बैशाख २०८१, शनिबार
(July 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

नेपाली सुनचाँदी बजारमा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासघका भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगो भएकाले नेपालमा पनि बढेको उनले बताए । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ ९ डलरले बढेर १७ सय ९५ डलर पुगेको छ ।

कोरोनाका कारण अस्थिर बनेको सुनको भाउ कहिले घट्ने र कहिले बढ्नै हुँदै हिजो तोलामा ७ सय रुपैयाँ बढेर तोलाको ९० हजार ९ सय तोकिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ५५ रुपैयाँ निर्धारण गरिएको शाक्यले बताए ।

प्रकाशित मिति: Jul 8, 2020

प्रतिक्रिया दिनुहोस्