Logo
७ बैशाख २०८१, शुक्रबार
(July 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिका डब्ल्यूएचओबाट औपचारिक रुपमा अलग हुने

पछिल्लो समयमा कोरोना भाइरसको अध्ययनलाई लिएर अमेरिकाले विश्व स्वास्थ्य संगठन प्रति आलोचना गर्दै आएको थियो सो संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य संगठन  औपचारिक रुपमा अलग हुने भएको छ।

अमेरिकाले यसबारे संयुक्त राष्ट्रसंघलाइ ६ जुलाईमा जानकारी दिएको राष्ट्रसंघ पुष्टि गरेको छ ।अमेरिका आफू अलग हुने जानकारी संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमा गराइसकेको जनाइएको छ ।

उक्त प्रक्रिया पूरा हुन एक वर्षको समय लाग्न सक्ने अनुमान गरिएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथि कोरोना महामारीलाई प्रभावकारी तरिकाले नियन्त्रण गर्न नसकेको र चीनको इशारामा डब्ल्यूएचओ चलेको आरोप लगाएका थिए ।

ट्रम्पले मे महिनामा नै डब्ल्यूएचओसँग अलग हुने घोषणा गरेका थिए । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रसले ट्रम्पलाई रकम नरोक्न समेत अपिल समेत गरेका थिए ।

डब्ल्यूएचओको बिनम्र अनुरोध पश्चात पनि ट्रम्पले आफ्नो निर्णय परिवर्तन गरेनन् ।

प्रकाशित मिति: Jul 8, 2020

प्रतिक्रिया दिनुहोस्