Logo
१३ बैशाख २०८१, बिहीबार
(July 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा स्थायी कमिटीको बैठक २६ गते शुक्रबारसम्म स्थगित

 नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) स्थायी कमिटीको बैठक असार २६ गते शुक्रबारसम्मलाई स्थगित भएको छ ।

शुक्रबार विहान ११ बजे बस्ने गरि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

यसअधि आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक शुक्रबारसम्मलाई सारिएको हो ।

सोमबार र मंगलबार अध्यक्षद्धयले एक्लाएक्लै छलफल गरेपछि स्थायी कमिटी बैठकलाई निरन्तरता दिने सहमति भएको थियो ।

तर, अन्तिममा आएर बैठक स्थगित गरिएको छ।ओली र दाहालबीच विगत केही दिनयता गम्भीर छलफल भइरहेको छ ।

पार्टीको जारी स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षबीच छलफल गर्दै समस्या समाधानका उपाय खोजी भइरहेको छ ।

आज बस्ने भनेको स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्षद्वयबीच पुनः ‘वान टु वान’ छलफल हुने बताइएपनि एकाएक बैठक स्थगित भएको हो ।

बालुवाटार स्रोतका अनुसार दुवै अध्यक्षले छलफल गर्दै नेकपा जारी स्थायी कमिटीबाटै विवाद समाधान गर्ने निष्कर्षमा पुगेका छन् ।

प्रकाशित मिति: Jul 8, 2020

प्रतिक्रिया दिनुहोस्