Logo
१३ बैशाख २०८१, बिहीबार
(July 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशबाट नेपालीको उद्धारमा आज ११ वटा अन्तर्राष्ट्रिय उडान हुँदै

पछिल्लो समयमा विदेशमा समस्या परेका नेपालीलाई स्वदेश फिर्ता ल्याइरहेको अवस्थामा आज बुधबार पनि नेपालीको उद्धारमा त्रिभुवन विमानस्थलबाट ११ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत नेपाली फर्कने उडान तालिका रहेका छ । यूएई र कतारको दोहाबाट केही समयअघि नेपाली लिएर आएको जहाज काठमाण्डौमा अवतरण गरेको छ ।

आज कतारको दोहाबाट मात्रै तीन उडानमार्फत नेपाली फर्कने तालिका रहेको विमानस्थलले उल्लेख गरेको छ ।

हिमालय एअरलाइन्समार्फत मलेसियाको क्लालाम्पुरबाट नेपाली स्वदेश फर्कंदै छन् । आज साउदी, यूएई, मलेसिया लगायतका देशमा नेपाली लिन जहाज जाँदैछन् ।

बुधबार हिमालय एअरलाइन्स, नेपाल एअरलाइन्स र कतार एअरवेज नेपाली लिएर आउनेछन् ।

प्रकाशित मिति: Jul 8, 2020

प्रतिक्रिया दिनुहोस्