Logo
१२ बैशाख २०८१, बुधबार
(July 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनको गुइझाउमा बस जलाशयमा डुब्दा २१ जनाको मृत्यु, १५ जना घाइते

छिमेकी देश चीनको गुइझाउ प्रान्तमा बस जलाशयमा डुब्दा २१ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

मंगलबार गुइझाउ प्रान्तको अंसुन भन्ने ठाउँमा पुल तर्दै गर्दा सडकको अवरोधका कारण बस पुलबाट तल जलाशयमा खसेको थियो ।

त्यहाँको स्थानीय पत्रिकाले जनाएअनुसार गाओकाओ विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गइरहेका विद्यार्थीहरु दुर्घटनामा परेका हुन् ।

गुइझाउ आगो नियन्त्रण विभागले १९ जना गोताखोरसहित १४१ जना अग्नि नियन्त्रकहरु डुबेकाहरुको खोजी र उद्धार कार्यमा निरन्तर लागिरहेको जनाएको छ ।

यस्तै प्रहरी र अरु उद्धार टोलीले पनि उद्धार कार्यमा सघाइरहेको विभागले जनाएको छ ।बसमा जम्मा कति जना थिए र तीमध्ये कति विद्यार्थी थिए भन्ने बारे अझै स्पष्ट भएको छैन ।

दुर्घटना कसरी भयो भन्नेबारे अहिले अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: Jul 8, 2020

प्रतिक्रिया दिनुहोस्