Logo
१३ बैशाख २०८१, बिहीबार
(July 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना सङ्क्रमण पुष्टि

६५ वर्षीय ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

टेलिभिजनमार्फत सम्बोधन गर्दै ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले आफूमा कोरोना भाइरसको सङ्क्रमण भएको जानकारी दिएका हुन् ।

उच्च ज्वरोका कारण गएको सोमबार उनले कोरोना भाइरसको परीक्षण गराएका थिए । हिजो आएको रिपोर्टमा कोरोना भाइरसको सङ्क्रमण देखिएको भन्दै उनले यसमा डराउनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

हिजो पनि उनले टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा आफूलाई ज्वरो हराएको र निकै आराम महसुस भइरहेको बताएका थिए ।

मास्क र भौतिक दूरीको पक्षमा नभएको भन्दै राष्ट्रपति बोलसोनारोको आलोचनासमेत हुने गरेको थियो ।उनले पटक-पटक भाइरसलाई हल्का रुपमा लिँदै कोरोना भाइरस भनेको केवल साधारण रुघाखोकी भएको र आफूलाई यसले थला पार्न नसक्ने बताउँदै आएका थिए ।

उनले अर्थतन्त्र प्रभावित भएको भन्दै क्षेत्रीय गभर्नरहरुलाई लकडाउन हटाउन पनि आब्हान गरेका थिए ।

उनले संचार माध्यमलाई कोरोना भाइरसको सन्त्रास फैलाउने गरेको आरोपसमेत लगाउने गरेका छन् ।

ब्राजिलमा कोरोना भाइरस सङ्क्रमणका कारण ६५ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । ब्राजिल, कोरोना भाइरसको सङ्क्रमणका हिसाबले अमेरिकापछि संसारको दोस्रो बढी प्रभावित देश हो ।

प्रकाशित मिति: Jul 8, 2020

प्रतिक्रिया दिनुहोस्