Logo
७ बैशाख २०८१, शुक्रबार
(July 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्देशक चौधरीलाई आर्थिक सहयोग प्रदान  

नेपाल चलचित्र निर्देशक समाजको पहलमा विगत ४ महिना देखि चितवन मेडिकल कलेजमा उपचाररत समाजका सदस्य तथा चलचित्र निर्देशक किशोर चौधरीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

लामो समयदेखि कलेजो सुन्निने तथा उच्च रक्तचापको उपचार गराइ रहेका चलचित्र निर्देशक चौधारीको उपचा्का लागि नेपाल चलचित्र बिकास बोर्डको कल्याणकारी कोष तथा अमेरिका निबासी चलचित्र निर्देशकहरुबाट आर्थिक सहयोग प्राप्त भएको हो ।

अमेरिकाबाट प्राप्त सहयोगको लागि चलचित्र निर्देशक समाजले हार्दिक धन्यवाद सहित आभार प्रकट गरेको छ । यसबाट विश्वभरी छरिएर रहेका चलचित्रकर्मी र चलचित्र निर्देशकहरु अप्ठ्यारो परेको बेलामा एकै ठाउँमा छन् भन्ने सन्देश गएको कुरा समाजका महासचिव जनक दीप पराजुलीले बताए ।

निर्देशक चौधरीलाई अमेरिकाबाट सहयोग गर्ने चलचित्र निर्देशकहरुमा कृष्ण चापागाइँ ($100), दिनेश कार्की ($50), गोपाल चन्द्र लामिछाने ($51), यादब सिलवाल ($50) , किशोर सुब्बा ($59), सुमन दाहाल ($50) रहेका छन् । उनिहरुबाट प्राप्त गरी कुल $361 डलर संकलन भएको थियो ।

उक्त डलर सटहीबाट प्राप्त ४२ हजार ६ सय ९७ रुपैयाँ तथा नेपाल चलचित्र बिकास बोर्ड कल्याणकारी कोषबाट प्राप्त २५ हजार रुपैयाँ गरी कुल ६७ हजार ६ सय ७९ रुपैयाँ निर्देशक चौधरीको परिवारलाई हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति: Jul 8, 2020

प्रतिक्रिया दिनुहोस्