Logo
७ बैशाख २०८१, शुक्रबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरिता गिरीलाई कारवाही गरिएकोमा उपेन्द्र यादवका छोरा अमरेन्द्रको आपत्ति

काठमाडौँ : समाजवादी पार्टीले सांसद सरिता गिरीलाई गरेको कारवाहीप्रति अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले आपत्ति जनाएका छन् ।

उनले यस्ता किसिमको कृयाकलामले कार्यकर्ताको मनोवल घट्ने बताए ।

नागरिक टाइम्ससँगको कुराकानीमा यादवले भने ‘संसदमा ब्लोज फाडेको त उदाहरण छ, त्यस्ता संसदहरुलाई केहि नहुने अनि गिरिलाई कारवाही गर्नुपर्नेमा कुनै तुक नै देखिएन’ ।

उनले भने ‘रोडमा बोल्न नमिल्ने जेसुकै कुरापनि संसदमा बोल्न मिल्ने हो र गिरिले बोलेर कुनै अपराध गरेकी होइनन् ।, ह्वीप उलङ्गघन भनेको सिधै पद नै खारेज हुनुपर्ने सजय होइन ।

राजपा नेपालसँग एकीकरण गरी जनता समाजवादी पार्टी नेपाल बनाएको समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आज बसेको बैठकले सांसद गिरीलाई गरेको कारवाहीप्रति अमरेन्द्र यादवले आफ्नो फेसबुकमार्फत पनि आपत्ति जनाएका छन् ।

अमरेन्द्र विराटनगर महानगरपालिकाका पार्टी अध्यक्ष पनि हुन । राष्ट्रवादी बन्ने चक्करमा आफ्नो सांसद घटाउँदै र भूमिकाविहिन फेसबुकियाले ठाउँ पाउने संकेत गर्दै उनले कहिले रेशम चौधरी त कहिले हरिनारायण चौधरी त कहिले सरिता गिरीलाई कारवाही हुने गरेको तर जग्गा घोटलामा मुछिएका तथा ७० करोड घोटाला गरेका गोकुल बास्कोटाहरु कसरी राष्ट्रवादी भएको भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन् ‘उहाँले आफ्नै सांसद सरिता गिरीको फरकमत राख्ने अधिकारको जवाफको सट्टा नश्लीय राष्ट्रवादको अगाडि आत्मसर्पण जस्तै हो ।’

समाजवादी पार्टीको आज बसेको बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट निस्काशित गरेको छ ।  स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण गिरीलाई कारवाही गरेको पार्टीले जनाएको छ ।

नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो ।

नयाँ नक्साअनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो । सो विधेयक फिर्ता लिनका लागि सांसद गिरीले जेठ २८ संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् ।

सरकारले प्रस्तुत गरेको संशोधन विधेयकमा स्रोत र प्रमाण न खुलाएकाले विधेयकको दफा २ हटाउनुपर्ने माग उनले माग गरेकी थिइन् ।

सो प्रस्ताव दर्ता गराएपछि उनको निकै आलोचना भएको थियो । आलोचना भएपछि सांसद गिरीलाई समाजवादी पार्टी संसदीय दलबाट सो विधेयक फिर्ता लिनका लागि उनई निर्देशन दिएको थियो ।

फिर्ता नलिए कारवाही गर्न बाध्य हुने कुरा पनि सोही पत्रमा उल्लेख थियो । तर गिरीले सो विधेयक फिर्ता लिन नमाने पछि उहाँलाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नआएको भन्दै उनई कारवाही गगरिएको छ ।

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्