Logo
१३ बैशाख २०८१, बिहीबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शैलेश थापा क्षत्रीलाई आइजीपी बनाउने सरकारको निर्णय, बिहीबारदेखि जिम्मेवारी सम्हाल्ने

नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षत्रीलाई सरकारले नियुक्त गरेको छ ।

महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाएको हो । मंगलवार बसेको मन्त्रिपरिषदको वैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेकाे हाे ।

उनको कार्यकाल २२ महिनाको हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गरेका हुन् ।

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्