Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चालनमा आउन नसकेको इनरुवाको बसपार्कमा प्रादेशिक प्रहरी अस्पताल बन्ने

प्रदेश १ स्थित सुनसरीको इनरुवामा निमार्ण पछि सञ्चालनमा आउन नसकेको नयाँ बसपार्कमा प्रदेश एक स्तरिय प्रहरी अस्पताल स्थापना गरिने भएको छ ।

नयाँ बसपार्कमा १ नं प्रदेश प्रहरी कार्यालय अन्र्तगत रहने गरि प्रदेश स्तरको अस्पताल निमार्णका लागी जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिकासँग स्थान उपलब्ध गराईदिन माग गर्दै पत्राचार गरेपछि नगरसभाबाट सो निर्णय भएको हो ।

असार २१ गते समपन्न भएको इनरुवा नगरपालिकाको छैठौ नगरसभाले निमार्ण कार्य समपन्न भएको नयाँ बसपार्क सञ्चालनमा आउन नसकेपछि नेपाल प्रहरीले निमार्ण गर्न लागेको प्रदेश प्रहरी अस्पताललाई स्वामित्व हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

इनरुवा नगरपालिकाका मेयर राजन मेहताले निमार्ण कार्य समपन्न भएको दुई वर्ष समय बित्दा समेत सरोकारवालाहरुले नयाँ बसपार्कबाट बस टर्मीनल सञ्चालनमा ल्याउन चासो नदेखाएकाले करौडोको भौतिक संरचना वेवारिसे अवश्थामा पुग्ने अवश्था आएपछि प्रहरी अस्पताल निमार्णका लागी सो स्थान उपलब्ध गराउन लागेको बताए ।

मेयर मेहताले भने इनरुवा सुनसरी सदरमुकाम बाहेक पुर्व पश्चिम राजमार्ग, प्रदेश एकको पहाडी जिल्लाको आवतजावत गर्ने मुख्य सडक सञ्जाल सँग जोडिएको स्थान समेत भएकाले प्रदेश एकका लागी प्रादेशिक अस्पताल स्थापनाका लागी भौगोलिक रुपमा समेत सोलुखुम्बु, ओखलढुड्डा, खोटाङ, उदयपुर, भोजपुर, सखुवासभा, धनकुटा, तेह्थुम जिल्लाबाट इनरुवा आवतजावत गर्न केन्द्र भागमा रहेकाले अस्पताल सञ्चालनमा उपयुक्त हुने देखिएकाले नयाँ बसपार्क उपलब्ध गराउने निर्णय गरेको बताए ।

पुर्व तर्फका ताप्लेजुड्ड, पाचथर, इलाम र झापा जिल्लाका मानिसहरु समेत सुनसरीको इटहरी हुदै इनरुवा आवतजावत गर्न सहज हुने भएकाले इनरुवा प्रादेशिक अस्पतालका लागी उपयुक्त हुने निश्कर्षका साथ नगरसभाले निर्णय गरेको मेहताले बताए ।

मेयर राजन मेहताले भने प्रहरीले निमार्ण गर्ने प्रदेश अस्पताल मुख्य गरि राजमार्गमा हुने सडक दुर्घटना, ओपिडी सेवा, विभिन्न रोगका विशषेज्ञ सेवा लगायतको स्वास्थय सेवाहरु सञ्चालनमा रहने भएकाले प्रहरी कर्मचारी सगै इनरुवावासीहरुले पहिलो प्राथमिकतामा स्वास्थ्य उपचार पाउन सहज हुने भएकाले प्रहरी अस्पताल निमार्णमा जोड दिएको बताए।

स्वास्थ्य सेवा लिनका लागी विराटनगर वा धरान जानु पर्ने बाध्यतामा इनरुवा तथा आसपासका बासीन्दाहरु रहदै आएको अवश्थामा सुविधा समपन्न अस्पताल प्रहरीले सञ्चालनमा ल्याएको अवश्थामा सहज रुपमा स्वास्थ्य उपचार हुने भएकाले बसपार्क भन्दा अस्पताल रोज्ने अवश्थामा नगरपालिकाले निर्णय गरेको मेयर राजन मेहताले बताए ।

इनरुवा नगरपालिका नगरकार्यपालिकाका सदस्य तथा नेकपा ससदिय दलका उपनेता कैलाश पंचारियाले भने सुनसरी मोरड्डका विभिन्न शहरहरु व्यापार व्यवसाय सगै शिक्षा र स्वास्थ्य हवका रुपमा विकास भएकाले इनरुवामा प्रदेश स्तरको विभागिय अस्पताल बनाउन नेपाल प्रहरीले आवश्यक जग्गा खोजी गर्दै इनरुवा नगरपालिकालाई पत्राचार गरेकाले सञ्चालनमा नआएको बसपार्क प्रहरी अस्पताल निमार्णका लागी उपलब्ध गराउने छैठौ नगरसभाले एकमतका साथ निर्णय गरेको बताए ।

कार्यपालिका सदस्य पंचारियाले भने जिल्ला स्तरको अस्पतालका रुपमा रहेको इनरुवा अस्पतालबाट इनरुवा तथा आसपासका सर्वसाधरणहरुले आवश्यक स्वास्थ्य सेवा पाउनबाट बञ्चीत हुदै आएको अवश्थामा इनरुवामा एउटा अस्पतालको अभाव सधै महसुस हुदै आएको स्थितीमा प्रहरीको माग र प्रस्तावलाई नगरसभाले स्वीकार गरि बसपार्कको स्थानमा अस्पताल स्थापना गर्न उपयुक्त ठहर गरि स्थानको स्वामीत्व दिने निर्णय गरेको बताए ।

पंचारियाले भने भौतिक पुर्वाधार भएको स्थान नगरपालिकाले हस्तान्तरण गर्ने निर्णय गरेकाले प्रहरी अस्पतालका लागी प्रस्तावित गरिएको आवश्यक बजेटबाट बाँकी भौतिक संरचना निमार्ण गर्न सकिने भएकाले नेपाल प्रहरीले इनरुवा नगरपालिकाको नगरसभाको निर्णयलाई स्वीकार गरि प्रादेशिक अस्पताल स्थापना गर्न उपयुक्त ठहर गरि निर्णय गर्ने विश्वास गरिएको बताए ।

सङ्घीय शहरी विकास अयोजना कार्यान्वयन एकाइ विराटनगरले १ अरब २ करोड २५ लाख ३४ हजार २ सय ४९ रुपैंया लागतमा इनरुवा नगरक्षेत्रमा सडक ढलसगै १ विगाहा क्षेत्रफलमा ११ करोड लागतमा बटर्मिनल भवनसहित यात्रु प्रतीक्षालय, मर्मत क्षेत्र, गाडी बिक्री गन्त्वयमा पुग्न नसक्ने अवस्थामा यात्रुलाई बास बस्न मिल्ने रेष्टुराँ, सुरक्षाका लागि सिसी टिभी क्यामरा, सौर्य बत्ती जडान गरि निर्माण भएको बसपार्क भुगोल र आसपास आवश्यक भौतिक संरचना नुहदाँ अपायक पर्ने स्थान भन्दै सञ्चालनमा आउन सकेको थिएन ।

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्