Logo
८ बैशाख २०८१, शनिबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहान खाली पेटमा ल्वाङ पानी खानुका जान्नुहोस् फाइदाहरु

ल्वाङमा युजेनल नामक तत्व हुन्छ, जसले धेरै प्रकारका स्वास्थ्यसम्बन्धि समस्याबाट मुक्त हुन मद्दत गर्छ ।

हाम्रो स्वास्थ्यको लागी ल्वाङ पानी एकदमै फाइदाजनक चिज हो । त्यसैले अधिकांश मानिसहरु विहान खाली पेटमा ल्वाङ पानी खाने गर्दछन् ।

ल्वाङ पानी खानुका फाइदाहरु

-ल्वाङ पानीले घाँटी दुख्ने ,जीउ दुख्ने तथा पेटको समस्या समाधान गर्छ ।

-ल्वाङ पानी नियमित खाली पेटमा पिउदाँ तनावलाई कम गर्न मदत गर्छ ।

-ल्वाङले पाचन प्रकियालाई ठिक बनाउन मदत गर्छ ।

-ल्वाङ पानी नियमित खानाले निन्द्रा नलाग्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

-मुटुसम्बन्धी समस्याबाट पनि ल्वाङ पानीको नियमित सेवनले बचाउँछ ।

-शिघ्रपतनको समस्याको लागी ल्वाङ एक अचुक औषधी हो ।

-त्यस्तै रोग प्रतिरोधात्मक क्षमता बढाएर अनुहारमा समेत चमकता ल्याउँछ ।

-घाउलाई चाँडै निको बनाउछ ।

-यदि पिनासको समस्या छ भने ल्वाङले निको बनाउँछ ।

बनाउने विधी
सुरुवातमा एउटा गिलासमा ५ वटा जति ल्वाङलाई पानीमा राती सुत्ने बेलामा भिजाएर सुुत्नुहोस् । अनि रातभर भिजाएको ल्वाङलाई विहान निचोरेर खाली पेटमा पिउनुहोस् ।

यसरी नै नियमित रुपमा ल्वाङ पानी पिउनुभयो भने तपाईको शरिरको सबै समस्याहरु विस्तारै समाधान हुदै जानेछ ।

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्