Logo
१३ बैशाख २०८१, बिहीबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा पनि टिकटकसहित चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्ने

पछिल्लो समयमा भारतले हालै मात्र चिनियाँ एपलाइ पतिबन्ध लगाइरहेको अवस्थामा अमेरिकाले पनि टिकटकसहित चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्ने तयारीमा जुटेको जनाएको छ ।

अमेरिकाले टिकटकसहित चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्नेबारे सोचिरहेको सेक्रेटरी अफ स्टेट माइक पम्पेओले बताएका छन् ।

फक्स न्यूजमा लाउरा इंग्राहमसँगको अन्तरवार्तामा पोम्पेओले यसबारे गम्भीररुपमा विचार गरिरहेको बताएका हुन् ।

‘जनताको मोबाइलमा चिनियाँ एपको बारेमा अमेरिकाले सही निर्णय लिनेछ । यसबारेमा हामीले सोचिरहेका छौँ ।’

पोम्पेओलाई इंग्राहमले अमेरिकाले टिकटकजस्ता चिनियाँ सामाजिक सञ्जाल एपहरु प्रतिबन्धबारे के सोचिरहेको भनेर प्रश्न गरेकी थिइन् ।

जवाफमा पोम्पेओले भने, ‘जनताको मोबाइलमा चिनियाँ एपको बारेमा अमेरिकाले सही निर्णय लिनेछ ।यसबारेमा हामीले सोचिरहेका छौँ ।’

उनले आफ्नो निजी जानकारी चिनियाँ कम्युनिस्ट पार्टीको हातमा पुगोस् भन्ने चाहनेहरुले मात्र त्यस्तो एप डाउनलोड गर्न सुझाव दिए ।

यस विषयमा टिकटकले कुनै पनि प्रतिक्रिया दिएको छैन । टिकटकलाई बेइजिङको बाइटडान्स नामक कम्पनी सञ्चालन गरिरहेको छ ।

टिकटकले यसअघि बाइटडान्सभन्दा अलग रहेर काम गरिएको र यसको डाटा सर्भर चीनबाहिर रहेको चिनियाँ कानुन अन्तरगत नपर्ने स्पष्ट पारे

यस एपमाथि अमेरिका नेताहरुले चिनियाँ गुप्तचरको निर्देशनमा काम गरिरहेको आरोप लगाउँदै आएका छन् । टिकटकले यसअघि बाइटडान्सभन्दा अलग रहेर काम गरिएको र यसको डाटा सर्भर चीनबाहिर रहेको चिनियाँ कानुन अन्तरगत नपर्ने स्पष्ट पारेको थियो ।

टिकटकका अनुसार यसको सर्भर अमेरिका र सिंगापुरमा रहेको छ । टिकटक अमेरिका र पश्चिममा देशहरुमा निकै लोकप्रिय रहेको छ । यो वर्षको पहिलो तीन महिनामा मात्र ३१.५ करोड पटक यो एप डाउनलोड भएको थियो ।

 

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्