Logo
१३ बैशाख २०८१, बिहीबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गंगालालमा उपचार गराईहेका ७ जना बिरामीमा कोरोना संक्रमण, आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं : सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौंमा उपचार गराइरहेका सात जनामा कोरोना संक्रमण देखिएको छ ।

उपचारका लागि भर्ना भएका सात जनामा सोमबार साँझ कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि भएसँगै आजबाट केन्द्रको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

अस्पतालमा थप सतर्कता अपाउनु पर्ने भएकाले आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उपचाररत बिरामीको कन्ट्याक ट्रेसिङको काम सुरु गरिएको जानकारी दिनुभयो ।

उपत्यकामा मात्र हिजो ५४ जनामा कोरोना संक्रमण देखिएको जनसंंख्या स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्