Logo
६ बैशाख २०८१, बिहीबार
(July 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेटको रोगदेखि पत्थरी हटाउने ज्वानोको जान्नुहोस् अनेकौँ फाइदाहरु

ज्वानो भन्ने वितिकै हामीसबैलाई थाहाभएकै कुरा यो एक किसिमको भान्छामा प्रयोग हुने मसला हो । हामीले भान्छामा प्रयोग गर्ने मसलामध्ये ज्वानो पनि एक हो ।

यो मसला मात्र नभई औषधीय गुणले भरिपूर्ण खुराक हो । आकारमा सानो भए पनि ज्वानोका धेरै फाइदा छन् ।

पाचन प्रक्रियालाई सशक्त बनाई यसले पेटको विकार हटाउन महत्वपूर्ण भूमिका खेल्छ । त्यस क्रममा पेटको जलन कम गर्नुका साथै यसले भोक समेत जगाउँछ ।

यी फाइदामध्ये पाचन प्रक्रियामा यो निकै लाभदायक मानिन्छ । ग्याष्ट्रिक भएको बेलामा ज्वानो-पानीको सेवनले पेटलाई क्षणभरमै आराम दिन्छ ।

१.  सर्दीबाट बचाउँछ १५-२० दिनसम्म २ ग्रामको दरले अजवाइन खानुहोस् । यसो गर्नाले तपाईको कफ, सर्दी माईग्रेन हटेर जान्छ ।

यसका साथै ज्वानो पानीमा मिसाएर बाफ पनि लिन सक्नुहुन्छ । पानीको साथ ज्वानो चपाउँदा पनि फाइदा गर्छ । ज्वानोको पात, कालो मरिस, तुलसी, अलैँची मिसाएर चिया पिउनाले राम्रो गर्छ ।

२.पेटको दुखाईबाट तुरुन्त आरामपेटमा एकदमै कम मात्रामा अल्कोहल हुन्छ । यसकारण पेटको दुखाईमा तुरुन्त आराम मिल्छ ।

ज्वानो कालो नुनको साथमा मिलाएर पानीको साथ पिउँदा पाचन प्रणालीमा सुधार भएर आउँछ । जसको कारण अपच, ग्याष्ट्रिक लगायतका पेटको समस्या दूर भएर जान्छ । नियमित ज्वानो लिने गरेमा हत्तपत्त पेटको समस्याले सताउँदैन ।

३. नशा हटाउँछ जाँडरक्सीको कुलतमा फसेका व्यक्तिले तातो पानीसंग ज्वानो खाएमा नशा छुटाउन मद्धत गर्छ ।

४. डायविटिज नियन्त्रण गर्छ डायविटिजको विरामीले १ चम्चा ज्वानोको दानामा चार चम्चा बेलको रस मिसाएर दिनको २-३ पटक पिउनाले फाईदा गर्छ ।

५.गर्भवती महिलाको लागि फाईदाजनक गर्भावस्थामा महिलाको शरिरमा विभिन्न बदलावहरु आउँछन् । यस्तो बेलामा पाचन प्रणालीमा निकै असर पुग्छ । त्यसको लागि ज्वानो सेवन गर्दा फाईदा पुग्छ । बच्चा जन्मेपपछि पनि ज्वानो सख्खरको साथ खानाले शरिरमा रक्त सञ्चार राम्रो हुन्छ भने दुधको मात्रा पनि बढ्छ ।

६. किड्नीको स्टोन हटाउँछ किड्नी स्टोनको घरेलु उपचारको लागि ज्वानोको प्रयोग गर्न सकिन्छ । ज्वानोको दानासंग त्यति नै मात्रामा मह मिसाएर १० दिनसम्म सेवन गरे किड्नीको स्टोन घुलेर पिसाबसंग बाहिर निस्कन्छ ।

७. दाँतको दुखाई हटाउँछ दाँत दुखेर हैरान हुनुभएको छ भने ज्वानो पानीमा हालेर उमाल्नुहोस् । सो पानीले मुख कुल्ला गर्नुहोस् । त्यसैगरी ज्वानोको टुक्रालाई दुखेको दाँतको विचमा राखेर चेप्नुहोस् । यसो गर्नाले दाँत दुखेको हटेर जान्छ ।

८. कानको दुखाई हटाउँछ कानको दुखाइ सर्दी लागेको बेला र जाडो महिनामा बढि हुन्छ । ज्वानोमा हुने एन्टीब्याक्टेरिया, एन्टीसेप्टिक लगायतका तत्वहरु हुन्छन् । यसले कानको दुखाई हटाउँछ । ज्वानोलाई अदुवा वा सर्सिउँको तेलमा राखेर तताउनुहोस् । त्यसलाई छानेर केही थोपा कानमा लगाउनुहोस् ।

९. जलेको दाग हटाउँछशरिरको कुनै पनि भाग जलेर दाग बसेको छ भने ज्वानोको पेष्ट बनाएर लगाउनुहोस् । दाग हटेर जान्छ ।

१०.पेटको रोगबाट बचाउँछ पाईल्स भएमा ज्वानो कालो नुनमा राखेर दैनिक सेवन गर्नाले फाइदा मिल्छ । उल्टी भएमा ज्वानो चपाएमा रोकिन्छ । ज्वानोको पात सेवन गर्नाले पेटको रोगहरु लाग्नबाट बचाउँछ ।

 

प्रकाशित मिति: Jul 6, 2020

प्रतिक्रिया दिनुहोस्