Logo
७ बैशाख २०८१, शुक्रबार
(July 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैज्ञानिकहरूले पत्ता लगाए सधैं जवान रहने रहस्य थाहापाउनुहोस्

संसारमा बैज्ञानिकले नयाँनयाँ कुराको खोजतथा अन्नुसन्धान गरिरहेका हुन्छन् । वैज्ञानिकहरूले मानव शरीरको हाडमा जवानीको रहस्य लुकेको पत्ता लगाएका छन् ।

तपाइलाई सुन्दा पनि अचम्म लाग्यो होला तर यो साँचो हो । हाडहरूमा रहेको विशेष किसिमको हर्मोनको मात्रा सही भएमा बुढ्यौलीले छुन नसक्ने अनि स्मरणशक्ति पनि कमजोर नहुने बताएका छन् ।

हाडमा उत्पन्न हुने ओस्टियोकाल्सिन हर्मोनमा अनुसन्धान गर्दै जाँदा उनले उक्त हर्मोन हाडहरूमा पुराना टिस्युलाई हटाएर नयाँ टिस्यु बनाउन समर्थ रहेको बताए

अमेरिकाको कोलम्बिया विश्वविद्यालयको जेनेटिक्स विभागका प्राध्यापक जेरार्ड कारसेन्टी र उनको टोलीले विगत ३० वर्षदेखि हाडमा लुकेको रहस्यका विषयमा अनुसन्धान गरिरहेका थिए ।

यही हर्मोनका कारण हाम्रो हाइट पनि बढ्ने गरेको छ । जेरार्डले मुसाहरूको जिन निकालेर अध्ययन गर्दा यस हर्मोनले शरीरका प्रतिक्रियाहरूलाई प्रभावित गर्छ ।

हाडभित्र रहेका टिस्यु शरीरका अन्य टिस्युसँग मिलेर आफैं हर्मोन बनाउने र अन्य अं गसम्म संकेत पुर्‍याउने काम गर्छन् ।

हाडको संरचनाले शरीरलाई उभ्याउने मात्र नभई शरीरका अनेकौं क्रियालाई प्रभावित पार्ने उनले बताए । हाडमा उत्पन्न हुने ओस्टियोकाल्सिन हर्मोनमा अनुसन्धान गर्दै जाँदा उनले उक्त हर्मोन हाडहरूमा पुराना टिस्युलाई हटाएर नयाँ टिस्यु बनाउन समर्थ रहेको बताए ।

त्यसबाट बुढ्यौली रोक्न र स्मरणशक्ति बढाउन सहायता प्राप्त हुन्छ । प्राध्यापक कारसेन्टीका अनुसार, बुढ्यौली लाग्न नदिन शरीरमा ओस्टियोकाल्सिन बढाउनुको विकल्प छैन ।

नियमित कसरत गर्दा हाडहरू आफैंले ओस्टियोकाल्सिन बनाउन थाल्छन् । (एजेन्सी)

 

प्रकाशित मिति: Jul 6, 2020

प्रतिक्रिया दिनुहोस्