Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ सक्रियताको प्रभाव : नेकपा बैठक बुधबारसम्मका लागि फेरि स्थगित

चिनियाँ हस्तक्षेपको असर नेकपामा अब खुलेर देखिन थालिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचमा औपचारिक सम्झौता नै रहेको छ ।

यद्यपि पछिल्लो समय नेकपालाई मिलाउन नेपाल स्थित चीनका राजदूत होउ यान्छी सक्रिय देखिएकि छन् ।

हिजोमात्र नेकपा नेता माधवकुमार नेपाल र चिनियाँ राजदूतबीच लामो भेटवार्ता भएको थियो ।
त्यहीँबाट चिनियाँ राजदूतले अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलीफोन वार्ता गरिएको श्रोतको दावी छ ।

बैठक स्थगित गर्ने सहमति हिजो नै भएको बताईएको छ । यता आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित गरिएको हो ।

नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको दावी गरिएको छ ।

यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार अब स्थायी कमिटीको बैठक यही असार २४ गते ११ बजे बस्ने छ ।

यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने छ । स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक कलह चुलिएको छ ।

प्रचण्ड-माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओलीलाई दबाव दिएका छन् । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडान लिएका छन् ।

शीर्ष नेताहरुबीच सहमतिको प्रयासमा बैठक र छलफल हुँदै आए पनि सहमति पुगेको छैन । सोमबार बिहान पनि नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् ।

यसअघि भएका सहमतिका प्रयासमा खासै प्रगति नभएपछि नेकपा फुटको संघारमा पुगेको चर्चा चलेको छ ।

प्रकाशित मिति: Jul 6, 2020

प्रतिक्रिया दिनुहोस्