Logo
६ बैशाख २०८१, बिहीबार
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक-एक जना नेता थपिएपछि जसपामा राजकिशोर र अनिलको असन्तुष्टि मथर

जनता समाजवादी पार्टी (जसपा) मा नेता राजकिशोर यादव र अनिलकुमार झाको असन्तुष्टि मथर भएको छ । केन्द्रीय कार्यकारिणी समितिमा यादव र झाले प्रस्ताव गरेको एक-एक जना नेताको नामावली अनुमोदन गर्ने सहमति जुटेको हो।

पार्टी एकीकरण गर्दा आफू निकटका एक जना नेतालाई पनि केन्द्रीय कार्यकारिणी समितिमा नराखेको भन्दै उनीहरुले गुनासो गर्दै आएका थिए ।

पछिल्लो समय तत्कालिन राजपा नेताहरुका बीचमा भएको सहमति अनुसार बुधबार साझ यादव र झाले पार्टी एकीकरणको दस्तावेजमा हस्ताक्षर गरेका छन् ।

यादव र झाले प्रस्ताव गरेको एक-एक जनाको नामावली केन्द्रीय कार्यकारिणी समितिमा राख्ने, राजनीतिक समिति, केन्द्रीय समिति लगायत अन्य कमिटीहरु गठन गर्दा सम्मानजनक सबै नेताहरुको भागबण्डा गरेर नामावली राखिने सहमति भएको छ ।

साथै जसपा अध्यक्ष महन्थ ठाकुर निकटका डा. विजयकुमार सिंह र रामकुमार ओझाको नाम केन्द्रीय समितिबाट हटाउने सहमति भएको तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सचिव संजय यादवले जानकारी दिए ।

रामकुमार ओझा तत्कालिन देशभक्त जनता पार्टीका नेता थिए । उनले आफ्नो देशभक्त जनता पार्टी लिएर तत्कालिन राजपासँग एकीकरण गरेका थिए ।

यसैगरी राजकिशोर यादव निकट रहेका गजाधर यादव बामपन्थी धार हुँदै तत्कालिन फोरम नेपालबाट मधेश राजनीतिमा प्रवेश गरेका थिए ।

सचिव संजय यादवका अनुसार राजकिशोर यादवले गजाधर यादव र अनिलकुमार झाले सुनिल रोहितको नाम केन्द्रीय कार्यकारिणी समिति सदस्यका लागि प्रस्ताव गर्ने तयारी गरेका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी पार्टीबीच गत १० वैशाखमा मध्यराति पार्टी एकीकरणको घोषणा भएको थियो । निर्वाचन आयोगमा बुझाइएको केन्द्रीय समितिको नामावलीमा यादव र झा निकटका कोही पनि नपरेपछि उनीहरु असन्तुष्ट थिए ।

 

प्रकाशित मिति: Jul 5, 2020

प्रतिक्रिया दिनुहोस्