Logo
७ बैशाख २०८१, शुक्रबार
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैठक बस्नुअघि देउवासँग नेताहरुले मागे ओलीसँगको गोप्य भेटबारे स्पष्टीकरण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरुले सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भएको गोप्य भेटबारे जवाफ मागेका छन् ।

आज अपरान्ह ३ बजेबाट सुरु भएको पार्टीको केन्द्रीय कार्य समिति बैठकमा नेताहरुले उक्त भेटबारे सभापति देउवासँग जवाफ माग गरेका हुन् ।

कांग्रेस केन्द्रिय समिति बैठक बस्नुअघि नेकपाका संसदीय दलका उपनेता तथा प्रधानमन्त्री ओलीका विश्वासपात्र सुवासचन्द्र नेम्वाङले समेत सभापति देउवालाई भेटेका थिए ।

नेम्वाङ र देउवाबीचको भेटवार्तालाई लिएर विभिन्न अड्कलबाजी भैरहेका छन् । प्रधानमन्त्री ओलीले कांग्रेसलाई सरकारमा सहभागी गराउनेगरि प्रस्ताव दिएर नेम्वाङलाई देउवा निवास पठाएको पनि स्रोतको दाबी छ ।

कांग्रेस सरकारमा आउने भए गृह र अर्थ मन्त्रालय दिन सकिने ओलीको प्रस्ताव नेम्वाङले देउवालाई सुनाएका थिए ।

 

प्रकाशित मिति: Jul 5, 2020

प्रतिक्रिया दिनुहोस्