Logo
७ बैशाख २०८१, शुक्रबार
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकामा जान जसपा आसमा तर ओलीको सन्देश लिएर नेम्वाङ देउवा निवासमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्ने भएपछि नवगठित दल जनता समाजवादी पार्टी सरकारमा जाने आसमा देखिएका छन् । ओलीलाई बहुमतका लागि संसद संख्याको आवश्यक्ता देखिएपछि जसपामा भने सरकामा जाने आसा पलाएको हो ।

तत्कालका लागि नागरिकता बिधयेक रोकिए जसपा सरकारमा जान तयार रहेको श्रोतको दावी छ । तर जसपाको आसबीच नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता गरिरहेका बेला नेकपा संसदीय दलका उपनेता नेम्वाङ कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्रीको सन्देश बोकेर नेम्वाङले आइतवार बिहान देउवालाई भेटेका हुन् । ओलीले पार्टी फुटाएर कांग्रेससँगको गठबन्धनमा सरकार बनाउने हल्ला चलिरहेका बेला उनले नेता नेम्वाङलाई देउवा कहाँ पठाएका हुन् ।

तर, नेम्वाङले देउवासँगको भेटघाट सत्ता परिवर्तनको खेलसँग कुनै पनि हिसाबले जोड्न नहुने बताए । उनले भने–‘देशमा यति गम्भीर विषयहरू उठिरहेका बेला प्रमुख प्रतिपक्षी दलको नेतासँग प्रधानमन्त्रीले कुरा गर्नुपर्छ कि पर्दैन ? प्रधानमन्त्रीले अहिलेका यी सबै सन्दर्भमा हाम्रो तर्फबाट पनि ‘हेलो भन्देउ है’ भन्नुभयो म गएर उहाँलाई भेटेँ हेलो भनेर आएँ ।’

‘यस्तो किसिमको भेटघाटलाई पनि कसैले प्रश्न उठायो भने ती साथीले कसको हित चाहिरहेका छन् भन्ने कुरा भन्नुपर्ने हुन्छ । त्यस्तो प्रश्न उठाउने कोही हुनुहुन्छ भन्ने मलाई थाहा छैन । विश्वास छैन ।’

फाइल तस्विर : नागरिक टाइम्स

उनले ओलीले देश र जनताका लागि मिलेर अघि बढ्न देउवालाई सन्देश पठाएको बताए । यसअघि गत बुधवार ओलीले बालुवाटारमा देउवासँग गोप्य भेटघाट गरेको विवरण पनि आएका थिए ।

तर, उक्त भेट संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीलाई लिएर मात्र भएको कांग्रेसका नेताहरूले विभिन्न सञ्चारमाध्यममा बताएका थिए ।

यता प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ताबारे विभिन्न आशंका उत्पन्न भइरहेका बेला काँग्रेसलाई गृहसहित अर्थमन्त्रालय दिने प्रस्ताव गरेको रहस्य खुलेको छ ।

आइतबार बिहान सभापति देउवासँग नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले यदि काँग्रेसले साथ दिने हो भने काँग्रेसलाई गृह अर्थ लगायतका महत्वपूर्ण मन्त्रालय समेत दिन सकिने प्रस्ताव गरेको स्रोतको दावी छ ।

‘यदि सहकार्य नै गरेर जाने हो भने, गृह अर्थ लगायतका मन्त्रालय काँग्रेसलाई दिन सकिन्छ । त्यसका लागि तपाईहरुले तयारी गर्दा हुन्छ’ ओलीको सन्देश सुनाउँदै नेम्वाङले काँग्रेस नेतालाई भनेका थिए ।

यसैबीच काँग्रेस बैठक जारीरहेका बेलामा सभापति देउवासहित काँग्रेसका प्रभावशाली नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, रेमश लेखक, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाललगायतका नेताहरु बिहान भएको नेम्वाङसँगको भेटवार्ताबारे छलफल गरेका छन् ।

प्रकाशित मिति: Jul 5, 2020

प्रतिक्रिया दिनुहोस्