Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई चीनको नव उपनिवेश बनाउने षडयन्त्र भईरहेको छ : नेपाल रिपव्लिक पार्टी

नेपाल रिपब्लिक पार्टीका प्रेसिडेन्ट, सिदार्थ गौतम

नेपाल रिपव्लिक पार्टीले कम्युनिष्ट देश चीनले नेपाललाई चिनियाँ प्रभाव क्षेत्र मात्र नभई चीनको नव उपनिवेश बनाउन षडयन्त्र गरिरहेको दावी गरेको छ । चीनको दुष्कर्मप्रति नेपाली जनता एवं प्रजातन्त्रप्रेमी विश्व समुदाय क्षुब्ध रहेको उस्ले भनेको छ ।

नेपाल रिपव्लिक पार्टीको प्रेस विज्ञप्ती जस्ताको त्यस्तै : 

प्रेस विज्ञप्ती

समग्र विश्वलाई कोरोनाको महामारीमा धकेल्ने कम्युनिस्ट चीनले नेपालको उत्तरी सीमा अतिक्रमण गरी डेढ हजार रोपनी जमीन र दुई ओटा गाउँ पुरै हडप गरेको घटनाप्रति नेपाल रिपव्लिक पार्टी तीव्र आक्रोश एवं क्षोम व्यक्त गर्दछ। सर्वोच्च शिखर सगरमाथा समेत कब्जा गर्न निर्लज्ज प्रयास गरिरहेको सर्वसत्तावादी चीनले नेपालका ७ जिल्लाका १८ ठाउँमा गरेको सीमा अतिक्रमण र जमीन तथा गाउँ कब्जाको यस घटनाबाट प्रजातन्त्र प्रेमी एवं देशभक्त सम्पूर्ण नेपाली जनता आक्रोशित छन। नेपाल रिपव्लिक पार्टी, समस्त नेपाली जनताको तर्फबाट कम्युनिस्ट चीन सरकार र त्यसको नेतृत्वलाई तत्काल यस्तो हर्कत बन्द गरेर नेपाली जनता समक्ष क्षमा माग्न चेतावनी दिन्छ। अन्यथा उसले यसको ठूलो मूल्य चुकाउनु पर्नेछ।

नेपाललाई चिनियाँ प्रभाव क्षेत्र मात्र नभई चीनको नवउपनिवेश बनाउन कम्युनिष्ट चीनले गरिरहेको षडयन्त्र र दुष्कर्मप्रति नेपाली जनता एवं प्रजातन्त्रप्रेमी विश्व समुदाय क्षुब्ध छन्। सगरमाथा कब्जा गर्ने प्रयास र उत्तरी सीमातर्फको उर्बर जमीन, खर्क, चरन र सुन्दर गाँउहरु हडप्ने दुष्कर्मका साथै अवैध मुद्रा र आफ्ना पोष्यपुत्र नेपाली कम्युनिष्टहरुको बलमा चीनले देशको राजधानी काठमाडौंको अति व्यस्त व्यापारिक क्षेत्र ठमेल लगभग पुरै कब्जा गरिसकेको छ र अन्य क्षेत्रपनि कब्जा गर्ने दाउमा छ। र यतिमात्रै नभएर भाषा, तालिम, प्रशिक्षण अन्य नाममा देशभरी आफ्ना जासूसहरुको संजाल खडा गर्ने अन्ततः नेपाललाई आफ्नो कठपुतली बनाउने षडयन्त्रमा चीन खुला रुपमा अघि बढिरहेको घाम झैँ छर्लंग छ।

आफूलाई चीनको पोष्यपुत्र मान्ने र चीनको दलालका रुपमा प्रस्तुत हुन लाज नमान्ने नेपालका कम्युनिस्ट पार्टी र तीनका नेताहरु देशलाई चीनको नवउपनिवेश बनाउने देशघाती कुकर्मका मतियार, सहयोगी र पृष्ठ पोषकका रुपमा खडा भएको पनि नेपाली जनता र साग्र विश्वले देखिरहेको छ । असभ्यता, अमानवीयता, बर्बरता र दानवीयताको प्रतिक बनेको कम्युनिज्म र त्यसले ल्याउने शोषण, दमन, हत्या, हिंसा, अनिकाल, बर्बरतापूर्ण नरसंहार र विनाशका अवश्यंभावी परिणाम देखेको भोगेको प्रजातान्त्रिक विश्व र नेपाली नागरिकले चीनको यस दुस्साहको कडा प्रतिकार गर्ने कुरामा नेपाल रिपव्लिक पार्टी विश्वस्त छ ।

यो षडयन्त्र र दुस्साहसबाट तत्तकाल फिर्ता नभए कम्युनिस्ट चीनका दाह्रा–नंग्रा झारिनेछन र त्यसका निम्ति नेपालसँग समग्र विश्वको ऐक्यबद्धता रहनेछ भन्नेतर्फ समेत नेपाल रिपव्लिक पार्टी कम्युनिस्ट चीन र त्यसको नेतृत्वलाई सचेत गराउन चाहन्छ। नेपाललाई सानो देश र नेपाली जनतालाई सोझा प्राणी भनेर हेप्न खोज्नु चिनियाँ नेतृत्वको सबैभन्दा ठूलो भूल हुनेछ र उनीहरुको अवश्यभावी पतन, असफलता र पराजयको प्रारम्भिक विन्दु यही हुनेछ भन्ने पनि नेपाल रिव्लिक पार्टी समयमै स्मरण गराउन चाहन्छ।

देशको जमीन र गाउँकागाउँ चीनले हडप्पदा पनि चीनकै पक्षपोषण गर्ने नेपालको कम्युनिष्ट सरकार र आफूलाई चिनियाँ भन्दा बढी चीनभक्त ठान्ने नेपालका कम्युनिस्टहरुको अपराध पनि नेपाली जनताले कदापी क्षमा गर्ने छैनन। आधिकारीक सरकारी निकायले नेपालको भूभाग चिनले अतिक्रमण र कब्जा गरेको विवरण नेपाली जनतासामु सार्वजनिक गरि सकेपछि त्यसको समेत निर्लज्ज खण्डन गरेर नेपालको कम्युनिस्ट सरकारले सर्वसत्तावादी चीनको जुन तबेदारी गरेको छ, त्यसभन्दा घृणित, देशद्रोही, राष्ट्रघाती र जनविरोधी हर्कत अर्को हुन सक्दैन ।

लिंपियाधूरा विवादको हंगामा गरेर नेपाली जनताको ध्यान एकातिर आकर्षित गरी त्यही बेला चीनलाई देशको उत्तरी भुभाग सुम्पने यो कुकृत्य स्यालले चील आयो–चील आयो भनेर कुखुरा चोर्ने प्रवृत्तिको कामरेडी उदाहरण हो। नेपाली जनताको मत लिएर सरकारमा जाने र चीनको दास बनेर निर्लज्ज गुलामी गर्ने नेपाली कम्युनिस्टहरुले नेपाल आमाको चीरहरण गरेको यस कुकर्मको सजाय नेपाली जनताबाटै पाउनेछन। तीनको पतनको घडी टाढा छैन। चीनका पोष्पुष्त्र एवं नेपालका देशघातीका रुपमा नेपाली जनता र समग्र विश्वले तीनको नाम मानवद्रोहीको सुचीम राख्नेछन् र तीनको सन्तान दर सन्तानसम्मले लज्जाले मुख छोपेर हिड्नुपर्नेछ ।

 

सिद्धार्थ गौतम

प्रेसिडेण्ट

नेपाल रिपव्लिक पार्टी

जुलाई 5, 2020

प्रकाशित मिति: Jul 5, 2020

प्रतिक्रिया दिनुहोस्