Logo
७ बैशाख २०८१, शुक्रबार
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल बैंक लिमिटेडका कर्मचारीद्धारा ५४ लाख ८४ हजार ४५ रुपैयाँ भ्रष्टाचार

नेपाल बैंक लिमिटेडका एक कर्मचारीले ५४ लाख ८४ हजार ४५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

बैंकको डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइरालाले बैंकको टेलर आईडी र सिस्टम सुपर युजरको प्रयोग गरी सो रकम आफ्नो खातामा ट्रान्सफर गरेको अख्तियारको पत्रमा उल्लेख छ । 

पत्रमा भ्रष्टाचारजन्य कसुर गरेको भन्दै ५४ लाख ८४ हजार ४५ रुपैयाँ ६० पैसा विगो भराउन विशेष अदालताई आग्रह गरेको छ । 

अनधिकृत रूपमा बैंकको पैसा आफ्नो खातामा सारेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको भन्दै आयोगले विशेष अदालतमा रिट दायर गरेको हो । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजायको माग गरेको पत्रमा उल्लेख छ । 

प्रकाशित मिति: Jul 5, 2020

प्रतिक्रिया दिनुहोस्