Logo
१२ बैशाख २०८१, बुधबार
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोनाबाट एकैदिनमा झण्डै २५ हजार सङ्क्रमित

कोरोना भाइरसका कारण छिमेकी देश भारतमा एकैदिनमा झण्डै २५ हजार जना सङ्क्रमित भएका छन् ।

सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना सङ्क्रमित भएका छन् ।

दैनिक रुपमा सङ्क्रमित हुनेहरुको यो सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या छ लाख ७३ हजार १६५ पुगेको छ ।

तीमध्ये दुई लाख ४४ हजार ८१४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढेर चार लाख नौ हजार ८२ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कुल सङ्ख्या १९ हजार २६८ पुगेको छ । ती मध्ये ६१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै प्रभावित अझै पनि महाराष्ट्र प्रदेश नै भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म दुई लाख ६४ जना सङ्क्रमित भएका छन् भने आठ हजार ६७१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित तमिल नाडु प्रदेशमा एक लाख ७ हजार एक जना सङ्क्रमित हुदाँ एक हजार ४५० को मृत्यु भएको छ ।

त्यसैगरी केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा ९७ हजार २०० जना सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति: Jul 5, 2020

प्रतिक्रिया दिनुहोस्