Logo
७ बैशाख २०८१, शुक्रबार
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली-प्रचण्डबीचको वार्ता सकियो : आशंका र दुरी बढाउने क्रियाकलापहरू रोक्नेमा सहमत

सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षको निर्णायक भनिएको वार्ता सकिएको छ तर कुनै ठोष सहमती भने भएको छैन ।

बालुवाटारमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो पक्षका साक्षी नेतासहित छलफल गरेका हुन्।

सोमबार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षबीच पुनः छलफल गर्ने सहमति भएको छ । आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच वार्ता भएको थियो ।

वार्तामा केपी ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए । प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दश शर्मासमेत सहभागी थिए ।

छलफलमा दुवै समूहका नेताहरू पार्टी एकतालाई बचाउन सहमत देखिएको र दुवैतर्फबाट दुरी एवं आशंका बढाउने क्रियाकलापहरू रोक्न सहमत भएका छन् ।

छलफलपछि एक नेताले भने, ‘एकापसमा आशंका र दुरी बढाउने क्रियाकलापहरू रोक्ने सहमति भएको छ । विगतमा भएका समझदारीहरूका आधारमा पार्टी एकताको आधार तयार पार्न दुवै अध्यक्ष सहमत देखिनुभएको छ ।

यसका लागि सोमबार बिहान स्थायी कमिटीको बैठकअघि पुनः दुई अध्यक्षबीच छलफल हुने एक नेताले बताए । पछिल्लो समय नेकपामा विवाद चर्कंदै जाँदा एकआपसमा आशंका र दुरी बढ्दै गइरहेको छ ।

सरकारले पार्टी फुटाउने अध्यादेश ल्याउने हो कि भन्ने प्रचण्ड–माधव पक्षमा आशंका छ भने बहुमतले प्रधानमन्त्रीबाट हटाउने हो कि भन्ने चिन्ता ओली पक्षलाई छ ।

 

प्रकाशित मिति: Jul 5, 2020

प्रतिक्रिया दिनुहोस्