Logo
८ बैशाख २०८१, शनिबार
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफूलाई युट्युबर बताउने अर्जुन शिवाकोटी बलात्कार अभियोगमा पक्राउ

काठमाडौं : बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौंको बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा आफूलाई विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबर बताउने अर्जुन शिवाकोटी पक्राउ परेका हुन् ।

उनले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको पीडित बालिकाको भनाइ छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार घटना संवेदनशील भएकाले महिला डीएसपीलाई खटाएर अनुसन्धान गरिएको थियो भने अहिले जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद लिएर अनुसन्धान भइरहेको छ ।

थापाका अनुसार १४ वर्षीया बालिकालाई एक वर्ष अघिदेखि यौन शोषण गर्दै आएको पाइएको छ । सोही कारण उनी डिप्रेसनको शिकार भएको पाइएको थापाले बताए । शिवाकाटीले भने अभियोग स्वीकारेका छैनन् । उनले ‘बच्चालाई काखमा राखेर खेलाउनु सामान्य’ भएको दाबी गरेका छन् ।

पीडित बालिकाकी आमाका अनुसार उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, ग्राण्डी लगायतमा लगिए पनि समस्या समाधान भएको थिएन । तर, कान्छी छोरीलाई पनि दुर्व्यवहार गर्न थालेपछि आफूले घटनाबारे थाहा पाएको बताईन् ।

प्रकाशित मिति: Jul 5, 2020

प्रतिक्रिया दिनुहोस्