Logo
५ बैशाख २०८१, बुधबार
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् ! मेथी खानुका यस्ता छन् फाइदा / बेफाइदा

मेथी भन्ने वितिकै हामीसबैलाई थाहा भएको र देखेको/ सुनेको कुरा हो । यसलाई हामीले तरकारी पकाउदाँ मसलाको लागि मुख्यतयाँ प्रयोग गर्ने गर्दछौ ।

मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो । मेथीलाई सागकोरुपमा पनि हामीले प्रयोग गरीरहेका हुन्छौ ।

मेथीको साग महत्त्वपूर्ण हरियो तरकारीको रूपमा रहेको छ । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो ।

आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रूपमा प्रयोग गर्ने गरिन्छ । मेथीको बीज एक बहुमुल्य औषधी समान हुन्छ । यसमा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् । जसले भोक बढाउँने तथा संक्रामक रोगबाट रक्षा गर्ने गर्छ

मेथी खानुका फाइदाहरु

-मेथीको तरकारी खानाले रगतमा शुद्धता आउँछ। साथै मेथीको दानामा मुटु स्वास्थ्य राख्ने पाचन शक्ति बढाउँने र कामवासना बढाउँने क्षमता रहेको हुन्छ ।

-अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाईँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ। जसकारण अनुहारमा रहेका काला घेरा र अन्य समस्याबाट समेत छुटकारा मिल्दछ

-यदि तपाईँ मधुमेह जस्ता समस्याबाट गुज्रीरहनु भएको छ भने मेथीको रस निकालेर बिहान बेलुका पिउँने गर्नुहोस् जसलाई पिउनाले यस्ता समस्याबाट छिट्टै राहत मिल्ने गर्दछ

-मेथीमा क्यान्सर रोधक तत्त्व पाइन्छ। यसको उपयोग डायबिटीज, हाई ब्लड प्रेसर तथा पेट सम्बन्धी समस्या मा फाइदाजनक हुन्छ। मेथी मुटुका लागि विशेष लाभकारी हुन्छ।

-मेथीको सेवनले एसीडिटी, अपच, अरुचि, गैस, दस्त, पेट दुखाई, बदहजमी, कब्जियत, पाचन-तंत्र को गडबडी, खोकी, सूजन, बादी, बवासीर, पेटको चुर्ना जुका आदि निर्मुल गर्ने तथा पिसाब सुचारु ढङ्गले लाग्ने गर्दछ

-यसमा धेरै मात्रामा फोस्फेट, लोसिथिन, भिटामिन एवं आइरन पाइन्छ जसले मानवीय शरीरको आवश्यकताहरू पूरा गर्न मद्दत गर्दछ । सो कारण यसको सेवन गर्नु उचित रहन्छ।

ज्वरो आएको छ भने एक चम्चा कागतीको रसमा मह र मेथी मिसाएर खाँदा ज्वरो घट्छ । यसले आराम अनुभव गराउनका साथै घाँटीमा हुने खस खस पनि हटाउँदछ।

-यसको दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ। यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ ।

-यसको दाना रातभर पानीमा भिजाएर बिहान यसलाई पिंधेर यसको पेष्ट कपालमा लगाउँनाले कपाल झर्ने समस्या रहन्न तथा कपाल लामो हुने र सुन्दर देखिने गर्दछ।

मेथी खानुका बेफाइदाहरू

“बत्ती मुनि अवश्य नै अँध्यारो हुन्छ”, यो संसारमा अवस्थित हरेक कुराहरूको आ(आफ्नै फाइदा पनि छन् र बेफाइदा पनि छन्। त्यसै गरी, मेथीको पनि बेफाइदा नभएको होइन, तर यसको फाइदाको दाँजोमा बेफाइदा अलि थोरै नै रहेको छ।

सामान्य मात्रामा मेथीको सेवन गर्दा कुनै हानी गर्दैन, तर कसै-कसैलाई यसले नकारात्मक असर पनि गरेको पाइएको छ। सबैभन्दा साझा साइड-इफेक्ट भनेको रिङ्गटा लाग्नु हो। साथै, यसलाई छालाको उपचारको लागि प्रयोग गर्दा कसै-कसैमा एलर्जी भएको पनि पाइएको छ।

-यदि तपाईँले अन्य कुनै औषधीको सेवन गर्नुभएको छ भने पनि, मेथी खाँदा ध्यान पुर्याउनुपर्ने हुन्छ। औषधी खानुभन्दा ३ घण्टा अगाडि नै, कि त औषधी खाएको ५ घण्टा पछाडि मात्रै मेथीको सेवन गर्नुहोला। किनभने, यसमा भएको फाइबरले अन्य मेडिकल औषधीसँग प्रतिक्रिया गर्दछ र उक्त औषधीको प्रभावलाई शून्य बनाइदिन्छ।

-गर्भवती महिलाहरूले मेथीको सेवन गर्नु एकदमै हानीकारक हुन्छ, किनभने यसले गर्भाशयको मुखलाई खुल्ला गर्ने काम गर्दछ। प्रशवावस्थामा नपुग्दै गर्भाशयको मुख खुल्न गएका बच्चा तुहिने पनि हुन सक्छ। त्यसैले, यो कुरालाई विशेष ध्यान जरुरी हुन्छ। यदि गर्भवती महिलाहरूलाई मेथी खान मन लागेमा, चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ।

-बालकहरूलाई मेथी खान दिनुहुँदैन। यसले बच्चाहरू मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने अनुसन्धानबाट देखिएको छ। बच्चालाई मेथी खुवाउँदा, उनीहरूको शरीरबाट दुर्गन्ध आउने समस्या देखिन सक्छ।

प्रकाशित मिति: Jul 5, 2020

प्रतिक्रिया दिनुहोस्