Logo
११ बैशाख २०८१, मंगलबार
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागलुङमा क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ

बागलुङ : बागलुङको ढोरपाटन नगरपालिकास्थित क्वारेन्टाइनमा आज बिहान मृत्यु भएका निसीखोला गाउँपालिकाका युवकको कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निसीखोला-२ का २९ वर्षीय युवकको रिपोर्ट पोजेटिभ देखिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा। मिलन मल्लले जानकारी दिए ।

उनी भारतबाट केहि दिन अगाडी उनका परिवारका ५ जना फर्किएको र स्वाब परीक्षणमा ३ जनाको नेगेटिभ आएको र एक जना बच्चाको रिपोर्ट आउन बाँकी रहेको मल्ले बताए ।

उनले नेगेटिभ आएका सबैको पुनः पिसिआर परीक्षण गरिने बताए । मृतक युवकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ ।

प्रकाशित मिति: Jul 5, 2020

प्रतिक्रिया दिनुहोस्