Logo
७ बैशाख २०८१, शुक्रबार
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलम्चीको पानी आज सुरुङ परीक्षणका लागि काठमाडौं पठाइयो, साउन ७ मा आईपुग्ने

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाले विधिवत रुपमा आज सुरुङ परीक्षणका लागि पानी काठमाडौं पठाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मेलम्ची खानेपानी आयोजनाको मुहानमै पुगेर स्विच थिचेर पानी सुरुङमा पठाएका हुन् ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट मार्फत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुमै काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने जनाएको छ ।

उक्त कुराको औपचारिक रुपमा मेलम्ची खानेपानी आयोजनाले पत्रकार सम्मेलनमार्फत आज अपरान्ह जानकारी दिदैछ । मेलम्चीबाट काठमाडौँको सुन्दरीजलसम्म करिब २७ किलोमिटरको दूरी छ । पानी प्रतिसेकेन्ड २६० लिटरको दरले टनेलमा हालिएको हो ।

आजबाट छाडिएको पानी काठमाडौंमा ७ साउनमा आउने बताइएको छ । टनेलभित्र रहेका हावा निस्कन समय लाग्ने र थोरैको दरले पानी छाडिएकाले काठमाडौंमा पानी आउन समय लाग्ने भएको हो ।

प्रकाशित मिति: Jul 5, 2020

प्रतिक्रिया दिनुहोस्