Logo
२४ श्रावन २०७७
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोगंबुको ग्यारेजमा आगलागी हुदाँ १२ वटा माइक्रोबसमा क्षति

बाग्मती प्रदेश स्थित काठमाण्डौको गोंगबु बसपार्क नजिकै रहेको एक ग्यारेजमा आगलागी भएको छ।

नयाँ बसपार्कमा आज बिहान आगलागीबाट १२ वटा माइक्रोबसमा क्षति भएको छ । मित्रनगर भन्ने स्थानमा रहेको ग्यारेजभित्र बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा पूर्ण रुपमा र ४ वटा माइक्रो बस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन, यसबारे अनुसन्धान भइरहेको छ ।आगलागीबाट बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

यस्तै बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ असार २०७७, आईतवार ०९:०६

प्रतिक्रिया दिनुहोस्