Logo
६ बैशाख २०८१, बिहीबार
(July 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको स्थायी कमिटी बैठक स्थगित, २२ गते अर्को बैठक

नेकपा स्थायी कमिटीको आज निर्धारित बैठक स्थगित भएको छ । बैठक असार २२ गते सोमबार बस्नेछ ।

स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । एक नेताका अनुसार अर्को बैठक असार २२ गते बस्ने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो ।

बिहीबार केहीबेर बसेर स्थगित भएको बैठक पार्टी एकतामा गम्भीर संकट देखा परेको र संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरुले प्रयास गर्ने भन्दै एक दिनको समय राखेर बैठक स्थगित गरिएको भएको थियो ।

तर, शनिबारसम्म पनि संकट समाधानको सूत्र फेला नपरेपछि बैठक फेरि दुई दिनपछि सरेको हो । शुक्रबार बिहान बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्याएपछि विवाद झनै बढेको छ ।

दाहाल-नेपाल समूह ओलीले एउटा पद छाड्नु पर्ने अडानमा छन् ।

प्रकाशित मिति: Jul 4, 2020

प्रतिक्रिया दिनुहोस्