Logo
१३ बैशाख २०८१, बिहीबार
(July 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ राजदूतद्वारा ‘प्याचप’ गराईएको खुलासा : ओलीले कुनै पदबाट राजीनामा नदिने

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहट्ने भएका छन् । अवस्था आए जेपनि गर्न सकिने उनले हक्काहाक्की भन्न थालेका छन् । यद्यपि आज फाइनल भनिएको बैठक हुदैछ ।

श्रोतका अनुसार अहिलेसम्ममा चिनियाँ राजदूतले सबै बिवादमा ‘प्याचप’ गराई सकेकी छन् । तसर्थ आज प्रधानमन्त्री ओलीको राजीनामा आउने संभावना न्यून देखिन्छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ओली समेत अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधव कुमार नेपालसँग छुट्टाछुट्टै कुराकानी गरेको श्रोतको दावी छ । अहिलेलाई सबै किसिमको बिवाद थाती राख्ने निष्कर्षमा नेताहरू पुगेको उच्च स्रोतको दावी छ ।

फाइल फोटो

पार्टीले जे गर्छ गरोस्, तर आफूले दुवै पद नछाड्ने प्रधानमन्त्री ओलीको दृढ अडान छ । र उनलाई चिनियाँ दूतावासको ब्याकप रहेको बुझिएको छ ।

प्रधानमन्त्रीको यही अडानका कारण दुई अध्यक्षबीच समझदारीका लागि एक दिन समय लिएर स्थगित भएको नेकपा स्थायी कमिटी बैठकअघि कुनै चमत्कार हुने संकेत देखिएको छैन।

शुक्रबार तीन घण्टासम्म बालुवाटारमा चलेको दुई अध्यक्षबीचको छलफलमा ओली आफ्नो अडानबाट टसमस भएनन् ।

स्मरण रहोस् नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच राजनीतिक सम्झौता नै रहेको छ भने बिगतमा पनि तिवटै नेताबीच कुराकानी मिलाउन चिनियाँ राजदूत सक्रिय देखिएकी थिइन् ।

/fi6«klt ;L;Fu g]skfsf g]tfx?
sf7df8f}F, @^ c;f]h-/f;;_
lrlgofF /fi6«klt ;L lrglkmª cfOtaf/ xf]6n ;f]N6Ldf g]kfn sDo’lgi6 kf6L{sf zLif{ g]tfx?;Fu e]6jftf{ ug'{x’Fb} . /fi6«klt ;L g]kfnsf] b’O{ lbg] /fhsLo e|d0fsf l;nl;nfdf zlgaf/ sf7df8f}Fdf cfpg’ePsf] xf] . t:jL/ M k|bLk/fh jGt

प्रकाशित मिति: Jul 4, 2020

प्रतिक्रिया दिनुहोस्