Logo
७ बैशाख २०८१, शुक्रबार
(July 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्राजिलमा एकैदिनमा ४८ हजारभन्दा बढी कोरोना संक्रमित

ब्राजिलमा कोरोना भाइरसबाट एकैदिनमा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले बिहीबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १०५ जना सक्रमित भएका हुन् ।

योसँगै ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या १४ लाख ९६ हजार ८५८ पुगेको अधिकारीहरुले जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले त्यसैगरी ब्राजिलमा एकैदिनमा कोरोनाका कारण एक हजार २५२ जनाको मृत्यु भएको छ । उनीहरुका अनुसार कुल मृतकको संख्या ब्राजिलमा ६१ हजार ८८४ पुगेको छ ।

ब्राजिलमा एक दिन अगाडी भने २४ घण्टामा ४६ हजार ७१२ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

विश्वभरीको तथ्याङ्कअनुसार धेरै संक्रमित भएका देशहरुको सूचीमा ब्राजिल अहिले दोस्रो अग्रस्थानमा रहेको छ ।

पहिलो स्थानमा भने अमेरिका रहेको छ । कोरोनाबाट धेरै सङ्मितहरु रहेको देशहरुको सूचीमा रुस तेस्रो स्थानमा रहेको छ भने चौथोमा भारत, पाँचौमा स्पेन, छैठौँमा पेरु, सातौमा चिली, आठौमा बेलायत, नबौँमा इटली र दशौमा मेक्सीको रहेका छन् ।

विश्वभरी अहिलेसम्म २१५ देशका कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति: Jul 3, 2020

प्रतिक्रिया दिनुहोस्