Logo
१२ बैशाख २०८१, बुधबार
(July 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत-चीन विवादित सीमा क्षेत्रको भ्रमणमा पुगे भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन विवादित सीमा क्षेत्रको भ्रमण गरेका छन् । शुक्रबार मोदी भारतको लद्दाखको चीन-भारत सीमाक्षेत्रमा पुगेका हुन् ।

अचानक सीमाक्षेत्रको भ्रमणमा पुगेका उनले गत महिना भएको दुई तर्फका सेनाको झडपमा मारिएका भारतीय सैनिकप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् । उक्त झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त क्षेत्रमा पुगेर उनले ‘विस्तारवादको युग’ सकिएको बताएका छन् ।

शुक्रबारको भ्रमणमा मोदीको साथमा भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरभाने र डिफेन्स स्टाफका प्रमुख जनरल बिपिन रावत पनि थिए । पछिल्लो समय चीन र भारतको बीचमा तनाव बढ्दो क्रममा छ । गत महिनामा भएको झडपको जिम्मेवार दुवै मुलुकले एकअर्कालाई ठहर्‍याउँदै आएका छन् ।

प्रकाशित मिति: Jul 3, 2020

प्रतिक्रिया दिनुहोस्