Logo
७ बैशाख २०८१, शुक्रबार
(July 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुबईबाट आएर आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि

रोल्पामा बुधबार आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गंगादेव गाउँपालिका-५ का ३१ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका थिए । उनी असार १० गते दुबईबाट आएर घर नजिकै रहेको आफ्नै गोठमा एक्लै बस्दै आएका थिए ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा शुक्रबार उनमा कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मानबहादुर डाँगीले बताए ।

मृत्युपछि उनको स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

प्रकाशित मिति: Jul 3, 2020

प्रतिक्रिया दिनुहोस्