Logo
४ बैशाख २०८१, मंगलबार
(July 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षासँगै नदीमा पानीको बहाव बढ्यो, कैलालीमा ३७ घर डुबानमा

सुदुरपश्चिम प्रदेश स्थित कैलाली जिल्लाको दक्षिणी क्षेत्रमा ३७ घर डुवानमा परेको छ । वर्षासँगै नदीमा पानीको बहाव बढ्दा जिल्लाको जोशीपुर गाउँपालिकामा २० घर, बर्दगोरिया गाउँपालिकामा १६ घर घोडाघोडी नगरपालिकामा १ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार डुबानमा परेकामध्ये केही घरमा क्षतिसमेत पुगेको छ । जोशीपुर गाउँपालिका– ३ का हिरालाल चौधरीको घर पानी पसेर भत्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

बर्दगोरिया गाउँपालिकामा बास्कोटी खोलामा बाढी आएपछि १६ घर डुबानमा पर्नुको साथै केही चौपाया बगाएको समेत डीएसपी विष्टले जानकारी दिए । नदीले स्थानीयको एउटा माछा पोखरीसमेत बगाएको छ ।

प्रकाशित मिति: Jul 3, 2020

प्रतिक्रिया दिनुहोस्