Logo
७ बैशाख २०८१, शुक्रबार
(July 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैवाहिक जीवनमा बाँधिए संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल

संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल आज शुक्रबार विवाह बन्धनमा बाँधिएका छन्।

शुक्रबार एक मन्दिरमा पुगेर उनीहरूले विवाह गरेका हुन् ।लकडाउनका कारण सीमित व्यक्तिहरूको उपस्थितिमा उनीहरूले विवाह गरेका हुन् ।

विवाहमा अर्जुन र दुर्गाका सीमित आफन्तहरूको मात्र उपस्थिति थियो ।अर्जुन र दुर्गा प्रेममा रहेको समाचार पहिल्यैदेखि चर्चामा आइरहेको हुन्थ्यो ।

तर, उनीहरूले यस कुरालाई नकार्दै आएका थिए । अन्ततः उनीहरूले आफ्नो प्रेमलाई विवाहमा नै परिणत गरेका छन् ।

यसअघि उनीहरूले वैशाखलाई विवाहको मिति पक्का गरेका थिए । तर, त्यस समय लकडाउनमा कडाइ भएका कारण उनीहरूले विवाहको मिति सार्नुपरेको थियो ।

उनीहरूले अवस्था सामान्य भएपछि मात्र विवाह भोज गर्ने सोच बनाएका छन् ।

प्रकाशित मिति: Jul 3, 2020

प्रतिक्रिया दिनुहोस्