Logo
१३ बैशाख २०८१, बिहीबार
(July 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको भाउ आज फेरि तोलामा ५ सय रुपैयाँ घट्यो

नेपाली सुनचाँदी बजारमा आज शुक्रबार सुन तोलामा ५ सय रुपैया घटेको छ ।

आज सुन तोलामा ९० हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो पनि एकैदिन तोलामा ७ सय रुपैयाँ घटेर सुन ९१ हजार रुपैयाँ तोकिएको थियो । यो हप्ता सुनको कारोबार बढ्ने र घट्ने क्रम चलिरह्यो ।

गएको बुधबार नयाँ रेकर्ड बनाउँदै तोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।आइतबार र सोमबार भने सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ भएको भए पनि मंगलबार तोलामा २ सय बढेको थियो ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ४० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति: Jul 3, 2020

प्रतिक्रिया दिनुहोस्