Logo
१३ बैशाख २०८१, बिहीबार
(July 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अबको तीन दिन मनसुन थप सक्रिय हुुने, चट्याङसहित भारी बर्षा हुने सम्भावना

मनसुन अबको तीन दिन थप सक्रिय हुने हुदाँ चट्याङ र मेघ गर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश ५, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । दिउँसो यी ठाउँसँगै वाग्मती प्रदेश, प्रदेश १ र प्रदेश २ मा पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए ।

उनकाअनुसार लगातार ठूलो पानी पर्ने सम्भावना भने छैन ।मेघ गर्जन र चट्याङसहित एकछिन पानी पर्दै एकछिन रोकिने क्रम चल्ने उनले बताए ।

राति पनि देशका सबै प्रदेशहरुमा सामान्य बदली रही कर्णाली प्रदेशका थोरै ठाउँहरुमा र बाँकी प्रदेशका धेरै ठाउँहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भने राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताए ।

प्रकाशित मिति: Jul 3, 2020

प्रतिक्रिया दिनुहोस्