Logo
१३ बैशाख २०८१, बिहीबार
(July 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रोत्साहन भत्ता माग गर्दै कृषि विश्वविद्यालयमा तालाबन्दी

कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुरमा कार्यरत १७ जना कर्मचारीले अतिरिक्त प्रोत्साहन पारिश्रमिक माग गर्दै कार्यालयमा तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाले कर्मचारीले प्रोत्साहनभत्ता माग गरी बुधबार तालाबन्दी गरेका बताए ।

उनलाई विश्वविद्यालयको अर्को व्यवस्था नभएसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिइएको छ ।

विश्वविद्यालयले अतिरिक्त पारिश्रमिक दिन नमानेपछि तालाबन्दी गरेको कर्मचारीले जनाएका छन् ।

विश्वविद्यालयले केन्द्रीय कार्यालयमा कार्यरत अधिकृतभन्दा माथिका कर्मचारीलाई तलबको २० प्रतिशत र सहायक स्तरकालाई २५ प्रतिशत अतिरिक्त पारिश्रमिक दिँदै आएको बताइएको छ ।

उनीहरुले चालू आर्थिक वर्षको असोजसम्मको अतिरिक्त पारिश्रमिक लिएको र त्यसपछिको पारिश्रमिक माग गरेको बताएका छन् ।

उनीहरुले लकडाउनको तीन महिनाको पारिश्रमिक नलिने जनाएका छन् ।

प्रकाशित मिति: Jul 2, 2020

प्रतिक्रिया दिनुहोस्