Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद् बैठक सकियो, बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक

मन्त्रिपरिषद् बैठक लगतै बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि केही बेर बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रधानमन्त्री ओली बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतल निवास गएका थिए। करिब एक घण्टा राष्ट्रपतिसँग भेटघाट गरेका बालुवाटार फर्किएछि मन्त्रिपरिषद् बैठक बसेको प्रधानमन्त्रीका सञ्‍चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

राष्ट्रपतिसँगको भेटमा समसायमिक विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए । मन्त्रिपरिषद् बैठकपछि बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक पनि सुरु भइसकेको छ ।

बिहीबार ११ बजेलाई तय भएको स्थायी कमिटी बैठक १२ बजेपछि सुरु भएको थियो । पार्टी बैठक तय भएकै बेला प्रधानमन्त्री ओलीले १२ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

पार्टी स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति: Jul 2, 2020

प्रतिक्रिया दिनुहोस्