Logo
१३ बैशाख २०८१, बिहीबार
(July 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना संक्रमितको सङ्ख्या ६ लाख नाघ्यो

महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या भारतमा ६ लाख नाघेको छ ।

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट ६ लाख ४ हजार ६४१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै १९ हजार १४८ जना कोरोनाभाइरसबाट संक्रमित भएका अधिकारीहरुले जनाएका छन् ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले २ लाख २६ हजार ९४७ जना अझै पनि संक्रमित अवस्थामै रहेको जनाएको छ ।

कुल सङ्क्रमितमध्ये ३ लाख ५९ हजार ८६० जना सङ्क्रमणमुक्त भएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गत २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४३४ जनाको मृत्यु भएपछि हालसम्म यस भाइरसबाट १७ हजार ८३४ जनाको मृत्यु भएको छ ।

प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन् । त्यहाँ कुल संक्रमितको संख्या १ लाख ८० हजार २९८ पुगेको छ ।

कोरोना भाइरस संक्रमणको कारण महाराष्ट्रमा ८ हजार ५३ जनाको मृत्यु भएको छ । त्यसैगरी तमिलनाडुमा ९४ हजार ४९ जना संक्रमित भएका छन् ।

तमिलनाडुमा संक्रमित मध्ये १ हजार २६४ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेशमा ८९ हजार ८०२ जना संक्रमित भएका छन् ।

दिल्लीमा यस भाइरसको कारण २ हजार ८०३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: Jul 2, 2020

प्रतिक्रिया दिनुहोस्