Logo
११ बैशाख २०८१, मंगलबार
(July 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशमा नयाँ ८ जना कोरोना संक्रमित थपिए

पछिलो समयमा गण्डकी प्रदेश पनि कोरोना इपिसेन्टर बन्दै गहिरहेको अवस्थामा आज थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकीका ४ जिल्लामा नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । नयाँ कोरोना संक्रमित थपिनेमा स्याङ्जाका २ जना, बाग्लुङका १ जना, तनहुँका ३ जना र पर्वतका २ जना रहेका छन् ।

सङ्क्रमित सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशका कोरोना सङक्रमित एक हजार १४ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा अहिलेसम्ममा २ जना सङ्क्रमितको मृत्य भएको छ ।

प्रकाशित मिति: Jul 2, 2020

प्रतिक्रिया दिनुहोस्