Logo
१३ बैशाख २०८१, बिहीबार
(July 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि रोटा भाइरसविरुद्धको खोप प्रयोगमा आउने

नेपालमा आजदेखि रोटा भाइरस विरुद्धको खोप प्रयोगमा आउने भएको छ ।

ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन गाभीको सहयोगमा नेपाल ल्याइएको खोप आजदेखि प्रयोगमा आउने परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. झलक गौतमले बताएका छन् ।

यो खोप देशव्यापी रुपमा प्रयोगमा ल्याइने उनले बताए ।केन्द्रबाट प्रदेशमा खोप पठाइसकिएको र प्रदेशले आफू मातहतका जिल्लामा आवश्यकता अनुसार पठाउने उनले बताए ।

पहिलो चरणमा ३ लाख २४ हजार भाइल खोप नेपाल भित्रिएको छ । बिस्तारै आवश्यकता अनुसार अरु खोप पनि नेपाल भित्राउने उनले बताए ।

एक वर्ष मुनिका ६ लाख २० हजार बालबालिकालाई खोप दिइने डा. गौतमले जानकारी दिए । रोटा भाइरसका कारण हुने झाडापखालाका विरुद्ध यो खोप दिन लागिएको हो ।

जिल्लाले आफ्नो नियमित खोप तालिका अनुसार एक वर्ष मुनिका बालबालिकालाई खोप दिनेछन् ।

यो खोप बच्चा जन्मेको ६ हप्तामा र १० हप्तामा गरी दुई पटक दिने गरिन्छ । यो खोप जेठ महिनादेखि सुरु गर्ने सरकारको योजना भए पनि कोरोना महामारीका कारण ढिलाई भएको उनले बताए ।

प्रकाशित मिति: Jul 2, 2020

प्रतिक्रिया दिनुहोस्