Logo
८ बैशाख २०८१, शनिबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाका सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

नेपाली सेनाले सहायक रथी र महासेनानी गरी आफ्ना दुई उच्च अधिकृतलाई सेवाबाट बर्खास्त गरेको छ । समरी जनरल सैनिक अदालतको बुधबारको निर्णयबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरिएको हो ।

पद्दती र प्रणालीमा आधारित संगठन संचालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्यअनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई शुन्य सहनशिलताको नीति अवलम्बन गर्दै संगठन सुदृढीकरणमा नेपाली सेना प्रतिवद्ध रहेको सेनाले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

समरी अदालतको निर्णयमा सैनिक ऐन २०६३ बमोजिम दुबै उच्च अधिकृतलाई कारवाही गरिएको भनिएको छ ।

‘माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको उक्त अदालतले ठहर गरेको हुँदा निज रथीवृन्द तथा अधिकृतलाई सेवाबाट बर्खास्त गर्ने निर्णय भएको छ ।’ निर्णयपछि सैनिक जनसम्पर्क निर्देशनालयद्धारा बुधबार साँझ जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्