Logo
७ बैशाख २०८१, शुक्रबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

औषधियुुक्त टिमुरका जान्नुहोस् अनेकौँ फाइदाहरु

टिमुर नेपालमा पाइने एक किसिमको फल हो। यसलाई बैज्ञानिक जान्थोजाइलम अर्मेटम भन्ने गर्दछ । मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ।

यो काँढै काँढा भएको बोट नेपालको महाभारत पर्वत श्रृंखलाको १२०० देखि २,५०० मि। सम्मको उचाईका खुला पाखोमा पाइन्छ।

अण्डवृत्त आकार भएका स-साना २ देखि ६ जोडीसम्म ( टुप्पोको पालबाहेक ) पातहरू एउटै डाँठमा दुवैतिर पल्हाएका हुन्छन्।

यसका पातहरूमा टुप्पा तिखा हुन्छन्। यसको बोटमा हरिया र केही पहेंला स-साना फूलहरू हुन्छन्।

प्राय एक विरुवामा भाले तथा पोथी दुवै फुल पाईदैन। झुप्पाका फूलहरू फूलको मुख्य हाँगा छोडी अर्को हाँगामा निस्केका हुन्छन्।

फलको स्वाद तीतो , पिरो र जिब्रो पर्पराउने हुन्छ। यी फलहरूबाट वासना पनि आउँदछ। बीउ गोलो र सानो हुन्छ।

यसका फलहरू स-साना , राता , ४ देखि ५ मिलिमिटर व्यासका हुन्छन्। टिमुर बिशेष गरी घरेलु औषधीका रुपमा पनि प्रयोग गरेको पाइन्छ ।

टिमुरको औषधीय प्रयोग 

पेट सम्बन्धी रोगमा :– यो विशेष गरी पाचनक्रिया कमजोर हुने विमारको सफल औषधि हो । यसले मन्दाग्नि, अपच, आऊ र यी समस्याको कारणले पेटमा हुने वायुशूलमा उत्तम औषधिको काम गर्दछ ।

पेटमा हुने क्रिमि (किरा) को संक्रमणलाई पनि यसले धेरै हदसम्म ठिक गर्छ ।संकुचक तत्त्वको कारण यसमा ग्राही विशेषता विद्यमान छ ।

जसले यो लगभग सबै प्रकारका अतिसार (खाना नपच्ने, दिशामा आऊँ मिश्रित पखाला जस्तो हुने) मा प्रयोगीय औषध द्रव्य सिद्ध भएको छ ।

यसको सेवनले यकृत (लिभर) बलियो हुने र जठराग्नि (पाचनक्रिया) मा सुधार आउने तथा पाचनक्रिया आदिको कारणबाट अनुहारमा आएको शोथ (फुल्ने समस्या) ठिक हुने बताइएको छ ।

यसको सेवनले भोक बढाउँछ । समान्यतया मन्दाग्निमा यसको प्रयोग समान्य तरिकाबाट गरिएपनि पित्तज मन्दाग्निमा मिश्री काँढासँग र पित्तातिसारमा बेलको शर्वतसँग सेवन गर्न उत्तम हुने आयुर्वेदको निर्देशन छ ।

ज्वरो र कफमा – ज्वरो एवम् कफको विमारमा शरीरमा पसिना उत्सर्जन गरी शरीरलाई हल्का बनाउन यसको पातको स्वरस वा जराको बोक्राको रसलाई पकाएर बनाइएको क्वाथको सेवन गर्न आयुर्वेदले मार्गदर्शन गरेको छ ।

यसमा विद्यमान उत्तेजक तत्त्वको प्रभावले शरीरमा पसिना निकाल्न मद्दत गर्दछ र ज्वरो एवम् कफको समस्यामा सहज हुन्छ ।

गलाको शोथमा – टिमुरको ताजापातलाई पिसेर चामलको पिठोसँग मिलाएर गरम गर्ने र गलामा बाँध्नाले गलाको सूजन हट्दछ ।

हैजामा टिमुरको प्रयोग – हैजाको संक्रमण चलेको समयमा यो निकै उपयोगी वस्तु हो । कथंकदाचित हैजाको विमारीको उपचारको लागि अस्पताल तथा चिकित्सकको व्यवस्था मिल्न गाह्रो पर्यो भने यसको फल वा जराको बोक्रालाई पानीमा पकाएर बनाएको क्वाथ वा काँचो बोक्रालाई थिचेर निकालिएको रस बिमारीको उमेरलाई हेरी मात्रा मिलाएर सेवन गराउँदा लाभ हुन्छ ।

स्वास्थ्योपचार निकायको पौँच नपुगेको स्थानहरुमा हुनसक्ने हैजाको संक्रमण आदिको लागि यो निकै उपयोगी सिद्ध हुनसक्ने छ ।

तर यसको विषयमा सम्बन्धित निकायले समयमै परीक्षण अभ्यास गर्न जरुरी हुनसक्छ ।

घाऊमा – टिमुरको सेवनले घाऊ खटिरामा पनि फाइदा पुर्याउने बताइएको छ  ।

टिमुरको फल खुवाउने, यसको चूर्णलाई घाऊमा भुरभुराउने (छर्कने) र यसको बोक्रा (जराको बोक्रा)को काँढाले व्रण अर्थात घाऊ धुनाले निकै लाभ हुन्छ ।

गठिया वातमा- जडिबुटी शास्त्रको अनुसार गठिया वातमा पनि यसको जराको बोक्रालाई पानीमा पकाएर पिलाउनाले राम्रो फाइदा गर्छ ।

दाँतको लागि – यसको हाँगा बिँगा वा काँडालाई पानीमा पकाएर त्यसको पानीले कुल्ला गर्नाले दाँतको पीडा हट्ने र हाँगाले दाँत मल्नाले दाँत निर्मल हुने मत रहेको छ । यसर्थमा यो दन्त मञ्जनको राम्रो विकल्प पनि हुनसक्छ ।

अन्य स्वास्थ्य समस्यामा – मन-मस्तिष्क, पागलपन, रगत सम्बन्धित समस्या आदिमा पनि यो ग्रहणीय वस्तु रहेको जडीबुटी शास्त्रहरुले मुक्त कण्ठले चर्चा गरेका छन् ।

यसलाई पौष्टिक पनि मानिएको छ । वात, अर्बुद, उदररोग, आँखा, कान र ओंठको रोग, शिरको बोझ, दम, प्लिहा, पिसासम्बन्धी रोग आदिमा यसको औषधीय प्रयोग गर्न सकिने जडीबुटी ग्रन्थमा चर्चा छ ।

जडीबुटीबाट औषधोपचार गर्दा कतिपय द्रव्यहरु जो सामान्यतया दैनिक भोजनादिमा पनि प्रयोग गरिन्छ ।

तिनीहरुलाई खाद्यपदार्थको रुपमा प्रयोग गर्दा औषधिको काम नगरेर भोजनको काम गर्नपनि सक्ने हुनाले उपचारको लागि प्रयोग गर्दा सकभर औषधीय तरिकाबाट प्रयोग गर्नुपर्छ जसले बढी फाइदा दिनसकोस ।

मात्रा : सामान्यतया वयस्क व्यक्तिको लागि यसको फलको मात्रा २ देखि ५ रत्ती र जराको बोक्रा १ देखि २ तोलासम्मलाई लिन सकिन्छ ।

जडीबुटीबाट औषधोपचार गर्दा कतिपय द्रव्यहरु जो सामान्यतया दैनिक भोजनादिमा पनि प्रयोग गरिन्छ । यो माछाको विषमा पनि प्रयोग गरिन्छ ।

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्