Logo
१५ चैत्र २०८०, बिहीबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक मात्र स्तनधारी प्राणी चमेरो रातको अन्धकारमा कसरी उड्न सक्छ ?

यो रुखको फल होइन ! रुखमा झण्डिएर बसेका चमेरो । तस्वीर : मानबहादुर चौधरी/रासस

उड्न सक्ने एक मात्र स्तनधारी प्राणी हो, चमेरो । पातलो कपडा झैं झिल्लीदार पखेटा हुने यो प्रायः राति उड्छ । चमेरोको उद्भव सम्बन्धी अनुसन्धानबाट चाररपाँच करोड वर्ष पुराना जीवाश्म भेटिएका छन् । वैज्ञानिकहरू यसको पूर्वज छुचुन्द्रो वा यस्तै कुनै जन्तु रहेको अनुमान गर्छन् ।

चमेरो अन्धो जन्मिए पनि ७ देखि ९ दिनबाट देख्न थाल्छ । तर, यसले चर्को प्रकाश सहँदैन । दिउँसो रूखका हाँगा वा गुफामा झुण्डिएर बस्ने चमेरो रातको अन्धकारमा कसरी उड्न सक्छ त ? यसको कारण रोचक छ । चमेरोले विशेष किसिमको ध्वनि निकाल्छ, नजिकका वस्तुसँग ठोक्किएर फर्किने त्यसैको प्रतिध्वनिलाई विश्लेषण गरेर यो राति उड्ने गर्छ ।

आकारका हिसाबले चमेरो साना र ठूला दुई प्रकारका हुन्छन् । ठूला चमेरोको आँखा सानोको तुलनामा ठूला हुन्छन् र देख्न सक्ने क्षमता पनि बढी हुन्छ । ठूलाले फल र फूलका रस खान्छन् भने सानाले मूलतः कीरा खान्छन् ।

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्