Logo
८ बैशाख २०८१, शनिबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट विश्वमा पाँच लाख १४ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १४ हजार ६१५ पुगेको छ ।

साथै यस संक्रमणबाट विश्वभर १ करोड ६ लाख १३ हजार ३५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५८ लाख २१ हजार १७५ जना निको भएका छन्।

हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४२ लाख ८७ हजार ९४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ९१२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २७ लाख २७ हजार ९९६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।

यस प्रकोपका कारण अमेरिकामा १ लाख ३० हजार १२३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।दक्षिण अमेरिकामा २२ लाख ३८ हजार ८८४ जना कोरोना भाइरस संक्रमति रहेका छन् ।

यहाँ ८८ हजार ७४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३१ लाख ८५ हजार ४२८ जना कोरोना भाइरस संक्रमति रहेका छन् ।

यहाँ १ लाख ६९ हजार ७०८ जनाको मृत्यु भएको छ ।युरोपमा २४ लाख ५० हजार ४७० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९१ हजार ८२१ को मृत्यु भएको छ ।

एसियामा २३ लाख १९ हजार ५१९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५७ हजार ३०१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ४ लाख ८ हजार ३०० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार १९५ जनाको मृत्यु भएको छ ।

ओसियानामा ९ हजार ५६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्