Logo
७ बैशाख २०८१, शुक्रबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा मनसुन शुरु भइसकेकाले सलहको प्रभाव कम हुने

काठमाडौं : अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडौंमा देखिए पनि प्रभाव कम हुने जनाइएको छ ।

गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने गर्छ । वरिष्ठ कृषिविज्ञ डा केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ ।

“काठमाडौँमा देखा परेको सलहको झुण्ड ठूलो होइन” डा बूढाथोकीले भन्नुभयो । नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ ।

पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ ।

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्