Logo
८ बैशाख २०८१, शनिबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् ! हरिशयनी एकादशीको शास्त्रीय मान्यता के छ ?

आषाढ शुक्ल एकादशीका दिन पर्ने यो दिन तुलसीरोपण एकादशीलाई हरिशयनी एकादशी भनेर पनि चिनिन्छ।

यस दिनदेखि भगवान विष्णु ४ महिना सम्म शयन गर्ने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो ।

आषाढ शुक्ल पक्षको एकादशीको दिन सुतेर आजको दिन विष्णु उठ्ने भएकाले आजको एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ ।

हरिशयनीदेखि हरिबोधनीसम्मको चार महिनाको समयलाई हिन्दुधर्म ग्रन्थहरुमा चौमासा भनिन्छ । अरु समय भन्दा यस समयलाई बढी पुण्य प्राप्त हुने समय मानिन्छ ।

४ महिना अघिदेखि सुतेका विष्णु भगवान  आजको दिन जागा हुने भएकाले हरिबोधनी एकादशीलाई अन्य एकादशीहरुभन्दा विशेष पुण्यदायी एकादशी मानिन्छ ।

त्यसकारण यस ४ महिनाको अवधिभर श्रीमद भागवत, देवी भागवत, रामायण वा  विविध धार्मिक ग्रन्थहरुको श्रवण गर्ने चलन रहेको छ ।

वैदिक शास्त्रहरूमा यस एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा व्याख्या गरिएको छ। ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ ।

निर्जला एकादशीको दिन छरेको तुलसीको बीऊलाई आज रोपेर पूजा गरिन्छ। आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्‍ने र चार महीनापछि हरिबोधनी एकादशीमा जाग्‍ने विश्‍वास छ।

तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । वैज्ञानिक रूपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ। तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रूपमा समेत उपयोग गरिन्छ ।

आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्‍वास रहिआएको छ।

चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ ।

माहाभारत ग्रन्थका अनुसार कहिले पनि भोको बस्न नसक्ने भीमसेनले पनि यस दिन व्रत गरेको मानिन्छ । अरु दिनमा उपवास गर्न नसके पनि एकादशीको दिन व्रत गर्नु भनेर हिन्दुधर्म शास्त्रहरुमा वर्णन गरिएको छ ।

मानिस भएर जन्मेपछि एकादशीको व्रत अनिवार्य रुपमा गर्नुपर्छ । यदी सबै एकादशीमा व्रत बस्न अनुकुल हुँदैन भने हरिबोधनी एकादशीको दिन अनिवार्य रुपमा व्रत बस्नुपर्दछ भनेर शास्त्रहरुमा वर्णन गरिएको छ ।

सबै एकादशीहरु भन्दा आजको एकादशीलाई ठूलो मानिने भएकाले आजको एकादशीलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ ।

हरिबोधनी एकादशीको अन्य एकादशी भन्दा विशेष महत्व भएको कारणले नै गर्दा आज भगवान् विष्णु को मन्दिरहरुमा विशेष मेला लाग्ने गर्दछ ।

आज दिनभर व्रत बसेर तुलसी को विवाह दामोदर अर्थात् विष्णु भगवान् सँग गराइन्छ । भोली तुलसीको हवन गरेर नयँ अन्न चढाइ विधिवत रुपमा यसको विसर्जन गरिन्छ । नयाँ अन्न चढाउने भएकाले भोलिको दिनलाई न्वागी भन्ने चलन रहेको छ ।

यस दिन अघिल्ला बर्षहरुमा बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्ने भएको भएपनि यस बर्ष कोरोना महामारीका कारण यस अघि जस्तो भिड नहुने भएको छ । (पत्रपत्रिका)

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्