Logo
७ बैशाख २०८१, शुक्रबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको भाउले अहिलेसम्मकै नयाँ रेकर्ड तोड्यो

सुनको भाउ तोलाको  ९१ हजार ७ सय भएर अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ ।

आज सुनको भाउ नेपाली सुनचाँदी  बजारमा तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि आइतबार र सोमबार सुनको भाउ तोलाको ९१ हजार तीन सय रुपैयाँ रहेकोमा हिजो एक सय रुपैयाँ घटेको थियो ।

चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर रहेको छ । विवाहको सिजनमा पनि गरगहना बिक्री नभएको  र कारोबार नहुँदा सुनचाँदी बजार सुनसान जस्तै भएको व्यवसायीको भनाइ छ ।

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्