Logo
१३ बैशाख २०८१, बिहीबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एडिबीद्वारा नेपाल सरकारलाई ३६ करोड अनुदान

एशियाली विकास बैंक ((एडिबी)ले कोभिड-१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई  ३६ करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

एडिबीले एशिया-प्रशान्त विपद् प्रतिकार्य कोषबाट नेपाललाई उक्त रकम उपलब्ध गराउने स्वीकृति गएराति गरेको यहाँस्थित उक्त बैंकको देशीय कार्यालयले जनाएको छ ।

जापान सरकारद्वारा कोषमा दाखिला भएको उक्त रकम सीमाक्षेत्रस्थित क्वारेन्टिनको सुधार तथा प्रभावकारी व्यवस्थापन, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं सङ्क्रमण नियन्त्रण सामग्री खरिदका निम्ति प्रदान गरिएको हो ।

यसअघि पनि एडिबीले रु तीन करोड ६० लाख स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर खटिएकाहरुलाई आपत्कालीन स्वास्थ्य सामग्री खरिद गर्न प्रदान गरेको थियो ।

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्